८ असोज, काठमाडौं । जनकपुर उपमहानगरमा राष्ट्रिय जनता पार्टी नेपाल विजयी भएको छ । मेयरमा लालकिशोर साह विजयी भएका छन् भने उपमेयरमा पनि राजपाकै रीता झा विजयी भएकी छन् ।
लालकिशोर साहले २१ हजार २ सय ७७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका मनोज साहले १० हजार ६३९ मत ल्याए ।
यस्तै उपमेयरमा रीता झा १६ हजार ६१७ मतसहित विजयी भइन भने उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी निलम कुमारी कर्णले १० हजार १०९ मत ल्याइन ।
उपमहानगरमा २५ वटा वडा रहेकोमा १२ वटामा राजपा, ७ मा कांग्रेस, तीनवटा वडामा संघीय समाजवादी फोरम नेपाल, दुई वटा वडामा एमाले र एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4