+
+

कांग्रेसका तनहुँवासी नेताहरुद्वारा गोविन्दराजप्रति खेद व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १२ गते १७:१९

१२ कात्तिक, तनहुँ । तनहुँवासी नेपाली कांग्रेसका नेताहरुले पार्टीले टिकट नदिए बागी उठ्ने पूर्वगृहमन्त्री गोविन्दराज जोशीको अभिव्यक्तिविरुद्ध खेद व्यक्त गरेका छन् ।

कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ १ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । पूर्वसहमहामन्त्री समेत रहेका जोशी पनि टिकटका आकांक्षी थिए ।

उनले आफूलाई टिकट नदिएर अर्को चुनाव चिन्ह लिएर भएपनि चुनाव लड्ने बताएका छन् । शनिबार पार्टी शीर्ष नेताहरुले जोशीलाई समानुपातिकमा बस्न आग्रह गरेपनि उनले अस्वीकार गर्दै यसबारे थप कुरा नगर्न भनेका छन् ।

तनहुँबासी केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदिप पौडेल लगायतका नेताहरुले भने आइतबार वक्तव्य जारी गर्दै जोशीप्रति खेद व्यक्त गरेका छन् ।

वक्तव्यमा भनिएको छ, ‘बालुवाटरमा प्रधानमन्त्रीले बोलाई विविध कारण देखाउँदै समानुपातिकमा बस्न आग्रह गर्दा जोशीले आफूलाई टिकट दिएमा ‘रुख चिन्ह लिइ प्रत्यक्षतर्फ चुनाव लड्ने नत्र आफ्नै चिन्ह लिइ लड्छु, यस विषयमा अब मलाई कुनै सम्पर्क नगर्नु होला’ भनि धृष्टतापूर्ण अभिव्यक्तिप्रति खेद प्रकट गर्दछौं ।’

कांग्रेसका नेताहरुले पार्टीको आधिकारिक उम्मेदवारलाई भोट दिन समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?