+

कोहलीको एकदिवशीयमा ९ हजार रन, बन्यो कीर्तिमान

२०७४ कात्तिक  १२ गते १७:४४ २०७४ कात्तिक १२ गते १७:४४
कोहलीको एकदिवशीयमा ९ हजार रन, बन्यो कीर्तिमान

१२ कात्तिक, काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहलीले थोरै खेलमा ९ हजार रन पूरा गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।

न्युजिल्याण्डबिरुद्ध घरेलु मैदानमा जारी एकदिवशीय शृङखलाको तेस्रो खेलमा कप्तान कोहलीले अन्तर्राष्ट्रिय एकदिवशीयमा ९ हजार रन पूरा गरेका हुन् । उनले १६७ इनिङ्समा यस उपलब्धी हासिल गरेका हुन् ।

यसअघि यो कीर्तिमान दक्षिण अफि्रकी खेलाडी एबीडी भिल्लियर्सको नाममा थियो ।

न्युजिल्याण्डबिरुद्ध कोहलीले ११३ रनको शतकीय पारी खेले ।

यसअघि भारतका सौरभ गांगुली, सचिन तेल्दुलकर, मोहम्मद अजरुद्धिन, राहुल द्रविड र महेन्द्रसिंह धोनीले यस उपलब्धी हासिल गरेका छन् ।

तेस्रो एकदिवशीयमा कप्तान कोहली र ओपनर रोहित शर्माको शतकीय योगदानमा न्युजिल्याण्डलाई ३३८ रनको लक्ष्य दिएको छ । रोहितले १४७ रन बनाएका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय