
१३ कात्तिक, झापा । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका लागि झापामा २८३ मतदानस्थल र ६९२ मतदान केन्द्र कायम गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार पाँच निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचनबाट पाँचजना प्रतिनिधि सभा र १० जना प्रदेश सभाका प्रतिनिधि निर्वाचित हुने छन् ।
जिल्लामा मतदाताको संख्या पाँच लाख ८५ हजार १६६ रहेको छ ।
निर्वाचन क्षेत्र नं १ मा ४५ मतदानस्थल र १२० मतदान केन्द्र, क्षेत्र नं २ मा ४८ मतदानस्थल र १३६ मतदान केन्द्र, क्षेत्र नं ३ मा ६७ मतदानस्थल र ११४ मतदान केन्द्र, क्षेत्र नं ४ मा ६२ मतदानस्थल र १३३ मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नं ५ मा ६१ मतदानस्थल र १५९ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले जानकारी दिए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4