+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

लेबनानका प्रधानमन्त्रीद्वारा राजीनामा, हत्याको षडयन्त्र भइरहेको दावी

बीबीसी बीबीसी
२०७४ कात्तिक १९ गते ७:१४

१९ कात्तिक, बेरुत । लेबनानका प्रधानमन्त्री साद अल हरिरीले पदबाट राजीनामा दिएका छन् । आफूलाई ज्यानको जोखिम रहेको भन्दै उनले राजीनामा दिएको बीबीसीले लेखेको छ ।

उनले साउदी अरबबाट टेलिभिजन सम्वोधन गर्दै राजीनामा घोषणा गरे जसलाई अप्रत्याशित भनिएको छ ।

उनी केही दिनयता साउदी अरबको भ्रमणमा छन् ।

सन् २००५ मा उनका पिता एवम् पूर्वप्रधानमन्त्री रफिक हरिरीको हत्या भएको थियो । अहिले पनि त्यतिबेलाको जस्तै अवस्था आएको भन्दै उनले भनेका छन्- मलाई निशाना बनाउनका लागि गुपचुप तरिकाबाट योजना बनिरहेको छ ।

साद अल हरिरी गत वर्ष नोभेम्बरमा प्रधानमन्त्री बनेका थिए । त्यसअघि उनी सन् २००९ देखि २०११ सम्म पनि प्रधानमन्त्री बनेका थिए ।

सम्वोधनको क्रममा उनले इरान समर्थक शिया हिजबुल्लाह र इरानको आलोचना गरेका थिए । साउदी अरेबिया इरान र हिजबुल्लाहको कट्टर विरोधी देश हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?