+
+

राष्ट्रपतिद्वारा प्रकाश दाहालप्रति श्रद्धाञ्जली अर्पण

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ४ गते ११:०८

४ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी प्रचण्ड निवास लाजिम्पाट पुगेर प्रकाश दाहाललाई श्रद्धाञ्जली दिएकी छन् । उनी सोमबार बिहान साढे ९ बजे लाजिम्पाटस्थित प्रचण्ड निवास पुगेकी थिइन् ।

उनले प्रकाशको तस्वीरमा पुष्पगुच्छा चढाउँदै श्रद्धाञ्जली अर्पण गरेकी थिइन् । साथै शोकाकुल परिवारलाई भेटेर समवेदना व्यक्त गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डपुत्र प्रकाश दाहालको आइतबार बिहान आकस्मिक हृदयाघातबाट निधन भएको थियो । निधनको खबर पाएलगत्तै राष्ट्रपति भण्डारी आइतबार पनि प्रचण्ड निवास पुगेकी थिइन् ।

दाहाल परिवारलाई भेट्न जानेहरुको सोमबार बिहान पनि भिडभाड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?