+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

दाङ बम विष्फोटमा मृत्यु भएका सुरक्षाकर्मीलाई शहीद घोषणा गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १३ गते १५:४२

१३ मंसिर, काठमाडौं । दाङको तुलसीपुरमा अज्ञात समूहले गराएको बम विष्फोटमा मृत्यु भएका सुरक्षाकर्मी विनोद चौधरीलाई शहीद घोषणा गर्न माग गरिएको छ ।

बुधबार नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले एक विज्ञप्ति जारी गर्दै चौधरीलाई शहीद घोषणा गर्न माग गरेको हो ।

समितिका संयोजक बालकृष्ण खाँणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनका बेला शान्ति सुरक्षाका लागि खटिएका चौधरीकोे निधन राष्ट्रप्रति समर्पित भएको हुँदा उनलाई राज्यले तत्काल शहीद घोषणा गर्नका लागि माग गर्दछौं ।’

कांग्रेसले घटनामा संलग्न व्यक्तिलाई तत्काल खोजी गरी कडा भन्दा कडा कारबाही गर्न समेत सरकार समक्ष माग गरेको छ ।

बम विष्फोटमा गम्भीर घाइते भएका सुरक्षाकर्मी तुलसीपुर उपमहानगरपालिका १८ का चौधरीको बाँकेको कोहलपुर मेडिकल कलेजमा

उपचारको क्रममा बुधबार बिहान साढे २ बजे मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?