+
+

गोरखामा यसरी हुनेछ मतगणना, रिजल्ट आउन १० दिन लाग्ने अनुमान

विकास मरहट्टा विकास मरहट्टा
२०७४ मंसिर १८ गते १२:४१

१८ मंसिर, गोरखा । मंसिर २१ गतेबाट सुरु हुने मतगणनाका लागि गोरखामा ६० जना कर्मचारी छनौट भएका छन् । मंसिर २१ गते साँझ पाँच बजेबाट सुरु हुने जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

‘निजामति सेवा तर्फका राजपत्र अंकित द्धितीय र तृतीय श्रेणी र केही नायव सुब्वा तहका कर्मचारीहरुलाइ छनौट गरेका छौं’ जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले भने, ‘एक दिने अभिमुखिकरण तालिम दिएर तयारी अवस्थामा राख्छौं ।’ मतगणनालाई विवादरहित बनाउन कुनै राजनितिक दलसँग अवद्ध नभएका कर्मचारीलाई छनौट गरिएको उनले बताए ।

मंसिर २१ गते साँझ पाँच बजेअघि सबै प्रक्रिया सम्पन्न गरेर पाँच बजे लगतै मतगणना शुरु गर्ने उनले जानकारी दिए ।

यसरी हुँदैछ मतगणना

मतपेटिका भण्डारण गरिएको ठाउँमा नै मतगणना गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गोरखा क्षेत्र नम्वर १ को मतपेटिका महिला तथा बालबालिका कार्यालय र गोरखा क्षेत्र नम्वर २ को मतपेटिका जिल्ला समन्वय समितिको भवनमा बिशेष सुरक्षाका साथ भण्डारण गरिएको छ ।

मतपेटिका भण्डारण गरिएको कोठामा तीन वटा समूह बनाएर मतगणना गर्ने निर्वाचन कार्यालयको योजना छ । ‘ठाउँ भएसम्म एउटा निर्वाचन क्षेत्रको तीन वटा समूह बनाएर मतगणना गर्ने योजना बनाएका छौं, भएन भने दुइ वटा समूह हुन्छ,’ जिल्ला निर्वाचन अधिकारी सापकोटाले भने ।

सुरुमा प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकको मतगणना एकैपटक गर्ने योजना बनाइएको थियो । तर, ठाउँ अभावमा सम्भव भएन । ‘प्रतिनिधिसभाको पहिलो गन्छौ, ठाउँ पुगे प्रदेश र समानुपातिकको पनि सँगै चलाउने योजना छ, सर्वदलिय बैठक बसेर के निर्णय हुन्छ त्यही अुनसार गर्छाै,’ उनले भने ।

मतगणनाका लागि छनौट भएका ६० जना कर्मचारीलाइ बिभिन्न ‘सिˆट’ गरेर पालो छुट्याइने सापकोटाले बताए । ‘करिव आठ जनाको एउटा समूह हुन्छ, सबै कर्मचारीलाई सिˆट छुट्याउँछौ, उनले भने ।

करिव १० दिनभित्र मतगणना सम्पन्न हुने कार्यालयको अनुमान छ । दुई वटा निर्वाचन क्षेत्र रहेको गोरखामा क्षेत्र नम्वर १ मा ६३ हजार ६७२ र क्षेत्र नम्वर २ मा ६० हजार १०९ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । कुल एक लाख ८९ हजार ४४८ मतदाता रहेको गोरखामा एक लाख २३ हजार ७८१ जनाले मात्र मतदान गरेका थिए । एउटा मतदाताले तीन वटा मतपत्रमा मतदान गरेकाले भएकाले गणना गर्न समय लाग्ने निर्वाचन कार्यालयले जनाएको छ ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?