+
+

धनकुटामा एमालेको क्लिन स्विप, राजेन्द्रले सुनिल थापालाई हराए

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २३ गते २२:२६


२३ मंसिर, काठमाडौं । नेकपा एमालले धनकुटामा प्रतिनिधि तथा प्रदेशसभामा क्लिन स्विप गरेको छ । प्रतिनिधिसभा सदस्यमा एमालेका राजेन्द्र राई विजयी भएका छन् । उनले राप्रपा प्रजातान्त्रिकका सुनिलबहादर थापालाई पराजित गर्दै जित निकालेका हुन् ।

राईले ३७ हजार ३३३ मत ल्याएका हुन् । थापाले २६ हजार ८७४ मत पाए । राप्रपा प्रजातान्त्रिकले धनकुटाबाट पनि जितको अपेक्षा गरेको थियो । पूर्व मन्त्री सुनिल थापा स्वर्गीय पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।

एमालेले धनकुटामा २ वटै प्रदेशसभामा जित हात पारेको छ । धनकुटाको प्रदेश ‘क’ मा एमालेका इन्द्रमणि पराजुली (२२०८८) र ‘ख’ मा निरन राई (१९६७८) विजयी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?