Comments Add Comment

रामेछापको प्रदेश र प्रतिनिधिसभामा वाम गठबन्धनका उम्मेदवार बिजयी


२४ मंसिर, रामेछाप । रामेछापमा प्रतिनिधि र प्रदेश सभा दुवै निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरु बिजयी भएका छन् । प्रतिनिधि सभामा माओवादी केन्द्रका उम्मेदवार बिजयी भएका छन् भने प्रदेशमा दुवैजना एमालेका उम्मेदवारहरु बिजयी भएका छन् ।

प्रतिनिधि सभामा कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङलाई ६ हजार ३ सय ४६ मतले पछि पार्दै वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार श्यामकुमार श्रेष्ठ विजयी भएका छन् । प्रतिनिधि सभामा खसेको कुल ८९ हजार ५ सय ८७ मतमध्ये श्रेष्ठले ४२ हजार १ सय १७ मत प्राप्त गरे ।

कांग्रेसका पूर्णबहादुर तामाङले ३५ हजार ७ सय ७१ मत प्राप्त गरेका छन् । प्रतिनिधि सभा निर्वाचनमा ५ हजार ६ सय ४९ मत बदर भएको छ ।

प्रदेश तर्फको क्षेत्र ‘क’मा नेकपा एमालेका शान्ति प्रसाद पौडेल बिजयी भएका छन् । पौडेलले नेपाली कांग्रेसका रत्न कार्कीलाई ६ हजार ३ सय ११ मतान्तरले पराजित गरेका छन् । पौडेलले २२ हजार ३ सय ६९ मत ल्याएका छन् । कार्कीले १६ हजार ५८ मत पाएका छन् ।

प्रदेश तर्फको क्षेत्र ‘ख’मा नेकपा एमालेका कैलाश ढुंगेल बिजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार जीतबहादुर मगरलाई १२ हजारभन्दा बढी मतान्तरले पराजित गरेका छन् ।

ढुंगेल २६ हजार ९ सय ३५ मत प्राप्त गरी बिजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी मगरले १४ हजार ७ सय २९ मत प्राप्त गरेका छन् । दुई बिचको मतान्तर १२ हजार २ सय ६ रहेको छ । ढुंगेल बाम गठबन्धनका साझा उम्मेदवार हुन् ।

सो क्षेत्रमा कुल ४५ हजार ८ सय २२ मत झरेकोमा २ हजार १ सय १२ मत बदर भएको छ । योसँगै रामेछाप जिल्लामा वाम गठबन्धनले आफ्नो अस्तित्व जमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment