२७ मंसिर, काठमाडौं । फेसबुकमार्फत चिनजान गरी विवाह गरेर नातेदारहरुलाई ठग्ने व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको माङखा–७ स्थायी घर भइ भक्तपुरको च्याम्हासिंह बस्दै आएका ३३ वर्षीय तुलबहादुर तामाङ छन् ।
उनले संखुवासभाको माकल गाउँपालिका–५ की एक युवतीलाई फेसबुकबाट साथी बनाए सम्पर्क बढाएर विवाह गरी आफन्तलाई यूएस आर्मीमा जागिर लगाइदिन्छु भन्दै २१ लाख रुपैयाँ ठगी गरेका थिए ।
आइएमईमार्फत रकम पाएपछि उनी श्रीमति र आफन्तबाट सम्पर्कबिहीन भएका थिए ।
उनीमाथि मुलुकी ऐनको ठगी महल बमोजिम अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखा, टेकुले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4