+
+

सिंहदरबार भित्रबाटै सरकारी गाडीको टायर चोरी

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २ गते १२:०७

२ पुस, काठमाडौं । सिहदरबार देशकै सबैभन्दा बढी सुरक्षित स्थान मानिन्छ । तर, पछिल्ला दिनमा त्यही सिंहरदरबारमा चोरीका घटना बढेको छ । कहिले ल्यापटप हराउँछ र कहिले मोबाइल । तर, अब गाडीको टायर पनि चोरी भएको छ ।

स्थानीय विकास मन्त्रालयको सस्पेन्सन ब्रिज शाखाको बा१झ २९२७ नम्बरको टोयटा हाइलक्स गाडीका चारवटै टायर चोरी भएको हो ।

गाडीका चालक श्रीकृष्ण श्रेष्ठले शुक्रबार शाखाका प्रमुख गुरुप्रसाद शर्मालाई घर पुर्‍याएर सिंहदरबारभित्रै पार्किङ गरेका थिए ।

तर, आइतबार आउँदा गाडीका चार वटै टायर चोरी भएको पाइएको छ । आइतबार विहान प्रमुख शर्मालाई लिनका लागि पार्किङमा आइपुग्दा चारवटै टायर नभेटेपछि श्रेष्ठले प्रहरीलाई खबर गरेका थिए ।

सेना र प्रहरीको २४ घण्टे सुरक्षा रहेको ठाउँबाटै गाडीका टायर चोरी भएपछि सबै अचम्मित परेका छन् । गाडी पार्किङ गरेको स्थान र सेना र प्रहरीको ड्यूटी स्थल मुस्किलले २० मिटरको दुरीमा छ ।

प्रहरीले भने चोरी कार्य ड्राइभरहरुबाटै हुनसक्ने आशंका गरेको छ ।

अरुलाई गाडीका पार्टपूर्जा सम्बन्धी जानकारी नहुँने भएकोले ड्राइभरहरुले नै यस्तो गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।

चोरी भएको एउटा टायरको मूल्य ५० देखि ६० हजारसम्म पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?