+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गुजरातमा फेरि भाजपाकै सरकार !

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ३ गते १२:२५

३ पुस, काठमाडौं । ‘गुजरातमा कांग्रेसको स्थिति निकै खराब रहेन र त्यो जोडदार जित पनि होइन, जुन बीजेपीले चोहेको थियो’

याे गुजरात विधानसभा मतगणनाको प्रारम्भीक रुझानलाई लिएर जम्मू कश्मीरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाले गरेकाे ट्वीट हाे ।

जारी मत गणनामा भारतीय जनता पार्टीले १०९ सिटमा अग्रता लिएको छ भने कांग्रेसले ६९ स्थानमा अगाडि छ । चार सिटमा अन्य दलले अग्रता लिएको छ ।

१८२ सदस्यीय विधानसभामा सरकार गठनका लागि ८२ सिट चाहिन्छ । सुरुवाति रुझानले गुजरातमा फेरि पनि भाजपाकै सरकार बन्ने संकेत देखिएको छ ।

५ वर्ष अघि भएको विधानसभामा भाजपाले १२० सिट जितेको थियो । कांग्रेस ४३ सिटमा समेटिएको थियो ।

यो पटक पनि परीणाम भाजपाकै पक्षमा जाने दखिएको छ । तर, जम्मू कश्मीरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाले भने जस्तै उसले सोचे जस्तो जित नहुने देखिन्छ ।

सुरुवाति रुझान अन्तिमसम्म कायमै रह्यो भने कांग्रेसका लागि पनि गुजरातको रिजल्ट निकै खराब हुने छैन । किनकी ४३ सिटबाट उसको शक्ति केही माथि जाने छ । तर, सरकार बनाउने अवस्था नहुँदा उसका लागि ऐतिहासिक भने नहुने भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?