+
+

टर्कीमा प्रियंका र प्रदिपको रोमान्स खिच्दै सकियो ‘लिलिबिली’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १४ गते १२:१७


पर्दामा नायिका प्रियंका कार्की र नायक प्रदिप खड्का एकसाथ देखिएलान् कि नदेखिएलान् भन्ने कौतुहलताकाविच निर्देशक मिलन चाम्सले त्यसको जवाफ दिएका छन् । मिलनको निर्देशनमा बनेको चलचित्र ‘लिलिबिली’को छायांकन सकिएको छ । चलचित्रमा नायिका कार्की र नायक खड्काविच रोमान्स देखाइएको छ ।

केहि दृश्यको छायांकन नेपालमा गर्ने निर्माणपक्षले बताएको छ । लण्डन, स्कटल्याण्ड हुँदै टर्कीको राजधानी इस्तानबुलमा यो चलचित्रको छायांकन गरियो । ५० औ दिन प्रियंका र प्रदिपलाई फिचरिङ गरिएको गीत खिच्दै छायांकन समाप्तीको घोषणा गरियो । चलचित्रमा प्रदिप र प्रियंकाको साथमा जसिता गुरुङ, अनुपविक्रम शाही मुख्य भूमिकामा छन् ।

काफिया फिल्मस्, सुदिप खड्का प्रोडक्शन र चाम्स इन्टरटेन्मेन्टले मिलेर यो चलचित्र बनाएका हुन् । चलचित्रलाई चैत्र ३० गतेबाट नेपालभर प्रदर्शन गरिने निर्माणपक्षले बताएको छ ।

प्रियंका र प्रदिपको रोमान्ससँगै दर्शकमा झन् कौतुहलता थपिएको छ । निर्देशकले प्रियंका र प्रदिपको जोडीलाई कुन रुपमा प्रस्तुत गरेका छन्, त्यसका लागि चैत्र ३० नै कुर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?