+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

काठमाडौंको बाफलमा सवारी दुर्घटना एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २४ गते १२:२४

२४ पुस, काठमाडौं । काठमाडौंको बाफलमा गएराति यात्रुबहाक बसले पैदलयात्रुलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुरको चित्लाङ घर भइ बाफल बस्दै आएका २२ वर्षीय विनोद गोले छन् ।

प्रहरी वृत कालीमाटीका अनुसार आइतबार राति साढे करिब साढे ८ बजे बा २ ख १७८१ नम्बरको बसले ठक्कर दिँदा गोलेको मृत्यु भएको हो ।
ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् ।

यसैबीच, काठमाडौंको नयाँबजारमा सोमबार बिहान यात्रुबहाक बसले साइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन् ।

प्रहरी वृत सोह्रखुट्टे दिएको जानकारी अनुसार बा २ ख ९४ नम्बरको बसको ठक्करबाट सइकलयात्री गोरखा घर भइ हाल काठमाडौं बस्दै आएका २५ वर्षीय आशीष गुरुङ घाइते भएका हुन् ।

उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न सवारीसाधनसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?