+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एनआरएनए अस्ट्रेलिया र चिकित्सकहरुबीच सहकार्यका लागि समझदारी

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १५ गते २०:१८

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया र अस्ट्रेलियामा क्रियाशील नेपाली चिकित्सकहरुको संस्था अस्ट्रेलियन नेपलीज मेडिकल एण्ड डेन्टल एशोसिएसनबीच अस्ट्रेलियामा भएका नेपालीहरुको स्वास्थ्य समस्यामा सहयोग गर्न दश बुँदे लिखित समझदारी भएको छ ।

गैरआवासीय नेपाली संघकी संरक्षक इन्द्रा वन र न्यस् साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदूत दीपक खड्काको रोहबरमा भएको समझदारीमा गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष टोनु घोताने र अस्ट्रेलियन नेपलीज मेडिकल एंड डेन्टल एशोसिएसनका अध्यक्ष डा. घनश्याम चापागाईले हस्ताक्षर गरेका छन् ।

गत आइतबारबाट नै लागु हुने गरी भएको समझदारीमा अस्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरुको मानसिक तथा शारीरिक स्वास्थ्य समस्या दुवै पक्ष् मिलेर समाधान गर्ने तथा नेपाली समुदायलार्इ स्वास्थ्य सम्बन्धी जानकारी दिनुका साथै चेतना फैलाउन सहकार्य गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?