१७ माघ, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै आर्थिक सहायता नबाड्न सरकारलाई निर्देशन दिएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ माघबाट आचारसंहिता लागू भएको छ ।आचारसंहिता लागू भएको अवधिसम्म आर्थिक सहायता रकम उलब्ध नगर्न नगराउन अर्थ मन्त्रालय र सहायता रकम वितरण नगर्न नगराउन गृह मन्त्रालयलाई निर्देशन दिइएको आयोगले जनाएको छ ।
आर्थिक सहायता वितरणको विवरण पटक मागे पनि गृह र अर्थ मन्त्रालयले उपलब्ध नगराएको भन्दै आयोगले मुख्य सचिवलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4