
३ फागुन, धनगढी । प्रदेश ७ को मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्ट नियुक्त भएका छन् ।
प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सांसद भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्रीको शपथग्रहण भने अागामी शनिबार गर्ने तयारी भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
एमाले र माओवादीका बहुमत प्रदेशसभा सदस्यको समर्थनमा बुधबार प्रदेश प्रमुखसमक्ष भट्टले आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेका थिए ।
४८ वर्षीय भट्ट डोटी जिल्लाबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । प्रदेश नं ७ मा एमालेका २५, माओवादी केन्द्रका १४, कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसद छन् ।
यो पनि पढ्नुस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4