+
+

प्रदेश ४ मा एकै दिन दुई पटक मन्त्रिपरिषद विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ४ गते १७:४९


४ फागुन, पोखरा । प्रदेश ४ मा एकै दिन दुई पटक मन्त्रिपरिषद विस्तार भएको छ । शुक्रबार साँझ ६ बजे माओवादी केन्द्रबाट २ जना मन्त्रीले सपथ लिएका छन् ।

तनहुँबाट निर्वाचित हरिबहादुर चुमनले आन्तरिक मामिला तथा कानुन मन्त्री र गोरखाका लेखबहादुर थापाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको रुपमा सपथ लिएका हुन् ।

चुमान माओवादी केन्द्रका तनहुँ जिल्ला इन्चार्ज हुन् भने थापा माओवादीका गोरखा जिल्ला स‌ंयोजक हुन् ।

प्रदेश ४ मा शुक्रबार विहान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद विस्तार गरी  एमालेका रामशरण बस्नेतलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनाएका थिए ।

यो संगै प्रदेश ४ मा मन्त्रिपरिषद ४ सदस्यीय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?