Comments Add Comment

उपराष्ट्रपतिलाई चिनियाँ उपराष्ट्रपतिको बधाई

चिनियाँ उपराष्ट्रपतिको शुभकामना सन्देश हस्तान्तरणका क्रममा राजदूत यु होङ

६ चैत, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले बधाई दिएका छन् ।

नवनिर्वाचित चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले सोमबार पद तथा गोपनियताको सपथ लिएका उपराष्ट्रपति पासाङलाई चिनियाँ राजदूत यु होङमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।

चिनियाँ उपराष्ट्रपतिको बधाई सन्देश लिएर उपराष्ट्रपतिलाई भेट्न नेपालका लागि चीनका राजदूत यु होङ मंगलबार अपरान्ह पउने १२ बजे उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेकि थिइन् ।

उपराष्ट्रपतिसँगको भेटमा राजदूत होङले चीनका उपराष्ट्रपति, चीन सरकार र आफ्नो तर्फबाट बधाई तथा शुभकामना दिए ।

भेटमा उपराष्ट्रपतिले आफू दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुँदा बधाई दिएकोमा चीनका उपराष्ट्रपति, चीन सरकार र नेपालका लागि चिनियाँ राजदूतलाई धन्यवाद दिए । उनले चीनका नवनिर्वाचित उपराष्ट्रपतिलाई आफूले यसअघि नै बधाई दिएको स्मरणसमेत गरे ।

भेटमा उनले नेपाल चीन सम्बन्ध दिनप्रतिदिन प्रगाढ बन्दै गइरहेको उल्लेख गर्दै चीनले अगाडि सारकोको नयाँ अवधारणा बेल्ट एण्ड रोड एनिसियटिभ -बिआरआई)को प्रशंसा गरेका थिए ।

साथै उपराष्ट्रपतिले पासाङले चीनका राष्ट्रपतिलाई स्वागत गर्न नेपाली जनता आतुर रहेको बताउँदै छिट्टै भ्रमण हुने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपतिसँगको भेटमा चीनका राजदूत होङले नेपाल विकासको नयाँ युगमा प्रवेश गरेको बताइन । उनले नेपाल विकासको नयाँ युगमा प्रवेश गरेको चीन अत्यन्त खुशी रहेको उल्लेख गर्दै नेपालको विकास गर्ने साझा प्रयासमा चीन अग्र मोर्चामा सहयोगी रहने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment