Comments Add Comment

बोल्ड लुकका लागि गाढा रङ्गको लिपस्टिक ?

मेकअपका विषयमा महिलाहरूको आ-आफ्नै धारणा हुने गर्छ  । मेकअपलाई लिएर जे जस्तो सोच भए पनि उनीहरूले फलो गर्न चाहने भनेको आधुनिक ट्रेण्ड नै हो । समय अनुसार चल्न सकियोस् भनेर पनि उनीहरूले आधुनिक ट्रेण्ड फलो गर्न चाहिरहेका हुन्छन् । आधुनिक ट्रेण्डमा यस्ता उत्पादन तथा रङ्गहरू पर्छन्, जसको प्रयोगले व्यक्तिको अनुहारमा हदैसम्मको परिवर्तन देखिन्छ । त्यस्ता उत्पादनहरूमध्ये गाढा रङ्गको लिपस्टिक पनि एक हो ।

धेरैजसो महिला गाढा रङ्गको लिपस्टिक भन्नासाथ डराउने गर्छन् । जब कि गाढा रङ्गको लिपस्टिककले  अनुहारलाई बोल्ड लुक प्रदान गर्छ । त्यसको लागि सही तथा आर्कषक रङ्गको लिपस्टिक छनोट गर्न भने जरुरी छ ।

गाढा रङ्गको लिपस्टिकको प्रयोग

जबसम्म कालो रङ्गको लिपस्टिक लगाइँदैन, तबसम्म उक्त लिपस्टिक अनुहारमा सुहाउँछ कि सुहाउँदैन भन्ने कुरा थाहा हुँदैन । अरू रङ्गको लिपस्टिकमा पनि यही कुरा लागू हुन्छ ।

गाढा रङ्गको लिपस्टिक लगाउँदा निम्न कुरामा ध्यान दिन निकै जरुरी छ ।

ओठमा लाइनिङ्ग गर्ने

ओठमा लिपस्टिक लगाउनु पूर्व लिप बाम लगाएर त्यसलाई मोस्चराइज गर्नु पर्छ । त्यसपछि लिप लाइनर वा लिप पेन्सिलको सहायता ओठलाई सही आकार दिनुपर्छ । ओठलाई आकार दिनको लागि लिप लाइनर वा नदेखिने खालको लिप लाइनरको प्रयोग गर्न सकिन्छ ।

राम्ररी लिपस्टिक लगाउने

ओठमा लिपस्टिकभन्दा लिप लाइनर धेरै समयसम्म टिक्छ । त्यसैले लिपस्टिक लगाउनुअघि लिप लाइनर लगाउनु पर्छ । लिपस्टिक लगाउँदा हल्का भएमा  लिप लाइनरको सहायताले यसलाई गाढा देखाउन सकिन्छ । त्यसका लागि लिपस्टिक लगाउनु पूर्व लिप लाइनर प्रयोग गर्न जरुरी छ ।

फैलाएर लिपस्टिक लगाउने

ओठमा फैलिने गरी लिपस्टिक लगाउनुपर्छ । फैलाएर लगाउनाले ओठको प्रत्येक भागमा लिपस्टिक लाने गर्छ । डार्क वा गाढा लिपस्टिक लगाउने यो सबैभन्दा राम्रो उपाय हो ।

सोस्ने र फेरि लगाउने

एकपटक लिपस्टिक लगाइसकेपछि टिस्यु पेपर वा ट्वाइलेट पेपररको एउटा टुक्रालाई दुवै ओठको बीचमा राखेर बाँकी भएको लिपस्टिकलाई सोसेर त्यसमाथि पुनः एकपटक लिपस्टिक थप्न सकिन्छ । लिपिस्टिकको थप एक पत्र बनाउनाले ओठमा लिपस्टिक समान रूपले लाग्दछ ।

 लाइन बनाउने

ओठको आकार सही छैन वा सानो छ भने कन्सिलर वा लिपस्टिककै रङ्गको लिप लाइनरको मद्दतले पनि ओठलाई सही आकार दिन सकिन्छ । यसले ओठलाई आकर्षक बनाउन मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment