Comments Add Comment

मस्कराको प्रयोग गर्दा ख्याल राख्नेपर्ने कुरा

यस्ता महिला सायदै हुन्छन्, जसलाई मेकअपको आधारभूत ज्ञान हुँदैन । यस्ता महिला सायदै हुन्छन्, जो सौन्दर्य प्रशाधनबारे बेखबर हुन्छन् । अधिकांश महिलालाई मेकअपबारे जानकारी हुन्छ, सौन्दर्य प्रसाधनबारे थाहा हुन्छ ।

तर, धेरैलाई थाहा हुँदैन, कस्तो सौन्दर्य प्रशाधन बढी उपयोगी र प्रभावकारी हुन्छ ? कसरी गरिने मेकअप दीगो र आकर्षक हुन्छ ?

जस्तो मस्कराको कुरा गरौं ।

महिलाहरुले प्रयोग गर्ने विभिन्न मेकअप मध्य मस्कारा पनि एक हो । मस्काराले आँखालाई सही आकार दिएर ठूलो देखाउनुका साथै आँखालाई सुन्दरता कयौ गुणा बढाउँछ ।

त्यसैले त, जतिबेला आँखालाई सुन्दर देखाउने कुरा हुन्छ, तब महिलाहरुले आँखाको मेकअपकालाई आई लाइनर, गाजलको साथमा मस्कारा लगाउन छुटाउँदैनन् । मस्कार भलै सामान्य लाग्न सक्छ । तर, यस्ता सामान्य कुराले पनि हाम्रो समग्र सौन्दर्यलाई प्रभावित बनाइरहेको हुन्छ ।

त्यसैले मस्कारा लगाउन पूर्ण मस्काराबारे यी कुराबारे जानिराख्न जरुरी छ ।

-मस्कारा खरिद गर्दा आफ्नो आवश्यकता अनुसार व्रशको चुनाव गर्नुपर्छ । किनकी मस्कारामा दुई तरीकाको ब्रश हुन्छ, एकले फूल भोल्यूम इफेक्ट अर्थात परेलालाई बाक्लो देखाउँछ भने अर्को हाई डेफिनिशन ल्यासेजले परेलालाई आकर्षक देखाउँछ ।

-मस्कारा खरिद गर्दा  सुख्खा मस्कारा छ कि छैन भनेर ख्याल गर्न जरुरी छ ।

-मस्कारा खरीद गर्दा ब्रशलाई भित्र-बाहिर गर्नु हुन्न । अन्यथा, ब्रशमा हावा भरिएर मस्कारा विग्रन सक्छ ।

-दैनिक प्रयोगका लागि वाटर प्रुफ मस्कारा खरीद गर्नु हुँदैन ।

-परेला बाक्लो भएमा क्लियर वा ट्रान्सप्यारेन्ट मस्कारा लगाउनु पर्छ । किनकी परेला बाक्लो र्भमा त्यसलाई अझै बाक्लो बनाउनु पर्दैन । सेप मात्र दिए पुग्छ ।

-कन्ट्याक्ट लेन्सको प्रयोग गर्नेहरुले मस्कारा लगाउनु पूर्व नै लेन्सको प्रयोग गर्नु उचित हुन्छ ।

-मस्कारा लगाउँदा जरादेखि लगाउनु पर्छ ताकी परेला लामो देखियोस् ।

-मस्कारा लगाउँदा दाँया बायाँ फैलिएमा सुखेपछि मात्र पुछ्नु पर्छ । अन्यथा मेकअप खराब हुन सक्छ ।

-मस्कारा लगाउँदा जहिले वपन माथि फर्काएर मात्र लगाउनु पर्छ ।

-महिनौ अघिदेखि राखिएको मस्कारा जमेमा वा गाढा भएमा त्यसलाई पातलो बनाउन पानीको प्रयोग गर्नु हुँदैन ।

-आँखामा कुनै किसिमको एलर्जी भएमा पनि मस्कारा लगाउनु हुँदैन ।

-आँखा सानो भएमा कालो आइलाइनर वा मस्कारा लगाउनु हुँदैन । अन्यथा, आँखा अझै सानो देखिन्छ । त्यसैले यस्ता आँखामा जहिले पनि व्लु सेडको मस्कारा प्रयोग गर्नु पर्दछ ।

-आँखामा डार्क सर्कल भएमा आँखाको तल्लो परेलामा मस्कारा लगाउनु हुँदैन ।

-छालाको रङ्ग गोरो भएमा कालो मस्काराको सट्टा डार्क ब्राउन मस्कारा लगाउनु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment