
२१ वैशाख, काठमाडौं । प्रहरीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई पक्राउ गरेको छ ।
रिपोर्टस क्लब, भृकुटीमण्डपको कार्यक्रममा आउने क्रममा उनलाई काठमाडौं प्रहरी परिसरको सादा पोशाकको टोलीले पक्राउ परेको हो ।
सिटौलालाई महानगरीय प्रहरी काठमाडौं प्रहरी परिसर, टेकुमा राखिएको परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले अनलाइनखबरलाई बताए ।
उनी सिडिन्केट पक्षमा जारी व्यवसायीको आन्दोलन प्रचार–प्रसार समितिका संयोजक हुन् । उनी माओवादी निकट व्यवसायी हुन् ।
पक्राउ परेका सिटौलालाई आवश्यक सेवा सञ्चालन ऐन वा सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाइने प्रहरीले जनाएको छ । त्यसबारे सरकारी वकिलसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
सिण्डिकेट माग गर्दै यातायात बन्द गराएकाे अाराेपमा उनी पक्राउ परेका हुन् । यसअघि गृहमन्त्री रामबहादुर थापा बादलले सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।
यी पनि पढ्नुस्
कास्कीका यातायात व्यवसायीले जिल्ला छाडे
गृहमन्त्रीको निर्देशनपछि सिण्डिकेट पक्षधर यातायात व्यवसायी धमाधम पक्राउ
सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन
नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो
यात्रु ओसार्न सडकमा निस्किए काभ्रेका निजी विद्यालयका बस
उपभोक्ताकर्मीको अपीलः सिन्डिकेट तोड्ने लडाइँमा निजी सवारीले लिफ्ट दिएर सहयोग गर्नुस्
सिन्डिकेटविरुद्ध साझादेखि अन्नपूर्णसम्म (फोटोफिचर)
कुन कम्पनीको बस कुन रुटमा चल्दैछन् ? हेर्नुहोस् सूची
देशैभरि सार्वजनिक यातायात बन्दको प्रभाव, यात्रुको बिजोग
सडकमा ट्याक्सी र ई–रिक्साको मनपरि, सरकार कहाँ छ ?
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4