+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विवेकशील साझाको नाकाबन्दी बिरोधी व्यानर प्रहरीले निकाल्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २८ गते १४:५१

२८ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणललाई लिएर विवेकशील साझा पार्टीले बखुन्डोलस्थित आफ्नो केन्द्रीय कार्यालयमा टाँगेको व्यानर प्रहरीले निकालेर लगेको छ । विवेकशीलले प्रहरीको यस कार्यमा आपत्ति जनाएको छ ।

शुक्रबार साढे दुई बजे प्रहरीको टोली आएर जबरजस्त व्यानर निकालेको पार्टीका केन्द्रीय सदस्य मिलन पाण्डेले अनलाइनखबरलाई बताए ।

‘सीडीओ कार्यालयको आदेशमा आएको भनेर उनीहरुले ब्यानर निकाले, हामी यस कार्यको घोर भत्र्सना गर्छौं,’ उनले भने ।

विवेकशीलको व्यानरमा ‘मोदीलाई स्वागत छ, तर नाकाबन्दी बिर्सेका छैनौं’ लेखिएको छ । यत्तिलाई नै आपत्तिजनक मानेर प्रहरीले हस्तक्षेप गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?