+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रहरी पूर्व हाकिमलार्इ गृहको जवाफ: जिम्मेवार व्यक्तिको गैरजिम्मेवार अभिव्यक्ति

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २१ गते १८:३८

२१ चैत, काठमाडौं । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा तीन पूर्व उच्च प्रहरी अधिकारीले गरेको टिप्पणीको विषयमा गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर स्पष्टिकरण दिएको छ ।

यसअघि आइतबार पूर्व एआईजी राजेन्द्रसिंह भण्डारी, पूर्व डिआईजी हेमन्त मल्ल ठकुरी र रमेशप्रसाद खरेलले छानबिन समितिले त्रुटिपूर्ण अनुसन्धान गरेको दाबी गर्दै अनुसन्धान गर्न विशेष आयोग गठन हुनु पर्ने माग गरेका थिए ।

गृह मन्त्रालयका प्रवक्ता एवं सह–सचिव रामकृष्ण सुवेदीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सरकारको उच्च प्राथमिकतामा रहेको सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण र तस्करीजन्य अपराधहरु निर्मुल पार्ने उद्देश्यका साथ समितिबाट प्राप्त प्रमाण, तथ्य, संलग्नता समेतका आधारमा अनुसन्धान अघि बढिरहेको छ ।’

‘यसै सिलसिलामा अनुसन्धान कार्यका सम्बन्धमा एवं हाल अदालतमा विचाराधीन अवस्थामा रहेका कतिपय संवेदनशील विषयमा समेत भ्रामक धारणाहरु सार्वजनिक भएको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘केही जिम्मेवार व्यक्तिहरुले गैरजिम्मेवार अभिव्यक्ति र त्यस प्रकारका भ्रामक तथ्यहीन विचार, अभिव्यक्तिहरुबाट अनुसन्धान कार्यलाई नै गम्भीर असर पर्न सक्ने एवं अपराधीहरुको मनोबल थप बढ्न सक्ने देखिएकोतर्फ मन्त्रालय सचेत छ । र, त्यस्तो भ्रामक धारणाहरुका पछि कुनै सत्यता छैन ।’

‘यो विशेष अनुसन्धान कोही व्यक्ति, पदाधिकारीप्रति आग्रह, पूर्वाग्रह राखी गरिएको विषय नभइ प्रचलित कानुनले प्रदान गरेको अधिकार बमोजिम तथ्य, प्रमाण र कानुनको अधिनमा रहेर निरन्तर जारी रहेको विषय भएको जानकारी गराइन्छ’, विज्ञप्तिमा लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?