+
+

करिश्मादेखि साम्राज्ञीसम्म सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २५ गते ११:४६


चलचित्र विकास बोर्डले आयोजना गरेको ‘महिला सशक्तिकरणका लागि सूचनाको हक अभिमुखिकरण तथा प्रशिक्षण कार्यशाला’मा विभिन्न महिला चलचित्रकर्मीलाई सम्मानित गरिएको छ । कार्यक्रममा बोल्ने अधिकांश चलचित्रकर्मीहरुले महिला कलाकार सशक्त हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले, कलाकारहरु नेपाली जनताका लागि रोल मोडल भएको बताए ।

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको प्रमुख आतिथ्यतामा यो कार्यक्रम आयोजना भएको थियो । उनले, कलाकारहरु समाजका लागि रोल मोडल भएकाले उनीहरुले समाजलाई धेरै प्रभाव पार्ने बताइन् ।

कार्यक्रममा चलचित्रको माध्यमबाट समाजमा महिला सशक्तिकरणका लागि योगदान गरेको भन्दै विभिन्न कलाकारहरुलाई सम्मानित गरियो । नायिका चैत्यदेवी, कलाकार शकुन्तला शर्मा, बसुन्धरा भुषाल, नायिका करिश्मा मानन्धर, निर्देशक दीपाश्री निरौला र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई सम्मान गरिएको हो ।

नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेको छोटो समयमै आफ्नो कलाको माध्यमबाट महिला सशक्तिकरणमा योगदान गरेको भन्दै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई सम्मानित गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथी अनुराधा कोइराला र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले उनीहरुलाई सम्मान गरेका थिए ।

तस्बिरः केशव खड्का

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?