+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मलेसियाको आठौं विकेट पतन

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १६ गते १५:२२

१६ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेटमा नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले आठौं विकेट गुमाएको छ ।

सोमपाल कामीले २७.२ ओभरमा मलेसियाका मोहम्मद अन्वार रहमानलाई शुन्य रनमा बोल्ड आउट गराए ।

सन्दीप लामिछानेले मोहम्मद रम्लीलाई १६ रनमा आउट गराउँदै नेपाललाई जित तर्फ लगेका छन् । सन्दीपले २६.४ बलमा मलेसियाको सातौ विकेट लिन सफल भएका हुन् ।

दीपेन्द्रले मलेसियाका अजिज मुबारकलाई ३४ रनमा आउट गराए । त्यस्तै, बसन्तले भिरन्दिप सिंहलाई २१ रनमा आउट गराउँदै नेपाललाई चौथो सफलता दिलाए । बसन्त रेग्मीले अहमेद फैजलाई २२ रनमा पारस खड्काको हातबाट क्याच आउट गराएका थिए ।

त्यस्तै, सागर पुनले मलेसियाका अन्वार अरुदिनको विकेट लिदै नेपाललाई तेस्रो सफलता दिलाएका थिए । मलेसियाका ओपनर ब्याट्सम्यान अरुदिनले ३४ रन बनाएर आउट भएका थिए । सोमपाल कामीले शाफिक शारिफलाई ९ रनमा आउट गराएका थिए ।

मलेसियाको अहिले २४ ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा १३३ रन भएको छ ।

वर्षाको कारण ढिलो गरी सुरु भएको खेल ३०-३० ओभरमा छोट्याइएको थियो । क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै पूरै ३० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाउन सक्यो ।

खराब सुरुवात गरेको नेपालले १८ रन हुदा सुवास खुकुरेललाई ९ रनमा गुमाएको थियो । ज्ञानेन्द्र मल्ल ११, पारस खड्का १३, अनिल १६ र सागर पुन शुन्यमै आउट हुदा नेपालले ६० रनमा महत्वपूर्ण ५ विकेट गुमाउन पुग्यो ।

पाचौ नम्बरमा ब्याटिङ गर्न दीपन्द्रसिंह ऐरी र सातौ नम्बरमा आएका आरिफ शेख नेपालको इनिङ्स उकासेका थिए । छैटौं विकेटका लागि दीपेन्द्र र आरिफले १०१ रनको साझेदारी गरेका थिए । दीपेन्द्र ५१ बलमा ५४ रन बनाएर आउट भए । उनले ६ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, आरिफले ४८ बलको सामना गर्दै ६४ रन बनाए । उनले ५ चौका र २ छक्का प्रहार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?