१७ भदौं, काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा सुधार देखिएको छ । आइतबार अधिकांश समूहहरु हरियाली देखिदा नेप्से परिसुचकमा करिब ९ अंकको वृद्धि भएको हो ।
१ हजार १ सय ८१ दशमलव ८२ अंकबाट शुरु भएको सेयर कारोबार ८ दशलवम ५९ अंकले बढेर नेप्से परिसूचक १ हजार १ सय ९० दशमलव २८ अंकमा पुगेको छ । अघिल्लो कारोबारभन्दा शून्य दशमलव ७३ अंकले नेप्से परिसुचकमा सुधार देखिएको हो ।
नेप्से परिसूचकसँगै कारोबार रकममा समेत आइतबार सुधार देखिएको छ । दिनभरमा भएको ४ हजार २ सय ४२ कारोबारबाट ९ लाख ६० हजार ७ सय १४ कित्ता सेयर किनबेच भएका छन् ।
जस अनुसार ३० करोड २५ लाख ९७ हजार २ सय १ रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4