+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

राँके बजारमा आगलागी, करिब दुई करोडको क्षति

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १८ गते १०:२८

१८ भदौ, इलाम । इलाम र पाँचथरको सीमावर्ती क्षेत्र राँके बजारमा आगलागी हुँदा करिब दुई करोड मूल्य बराबरको क्षति भएको छ ।

देउमाई नगरपालिका-१ का स्थानीय ठालुराम श्रेष्ठको घरमा गएराति आगलागी भएको थियो । बेलुका करिब ८ बजेबाट शुरु भएको आगो राति ११ बजे निभाइएको थियो । पाँचथरको फिदिम नगरपालिकाबाट आएको दमकलको सहयोगमा स्थानीयबासी र सुरक्षाकर्मीले आगो निभाएका थिए ।

आगलागीबाट तीन वटा सटरसहितको पाँच तले घर जलेको छ । प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक अाभुषण तिम्सिनाका अनुसार श्रेष्ठकाे घरमा रहेकाे किराना पसल, जुत्ताकाे पसल जलेर नष्ट भएकाे छ । जितबहादुर बस्नेतकाे किराना पसल जल्दा ४० लाख, शिवबहादुर विष्टकाे जुत्ता पसल जल्दा ७ लाख र श्रेष्ठकाे पाँच तल्ले घर पूर्ण रुपमा जल्दा १ कराेड ३५ लाख बराबरकाे क्षति भएकाे प्रहरी उपरीक्षक तिम्सिनाले बताए ।

मेची राजमार्गसँगै जोडिएको राँके बजारमा करिब दुई वर्ष अगाडि पनि आगलागी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?