+
+
Shares

४ बजेपछि विराटनगरमा राधाकृष्ण रथ निकालिने

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १८ गते १२:२९

१८ भदौ, विराटनगर । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निस्किनेे ऐतिहासिक राधाकृष्ण रथ यात्रा सोमवार अपरान्ह ४ बजे निकालिने भएको छ ।

५१ औं रथयात्राको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । विराटनगरमको तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट रथ यात्रा सुरु हुनेछ ।

यो वर्षको रथयात्राका सुनौलो रंगको पैगोडा शैलीको २२ फिट लामो, १४ फिट चौडा र १८ फिट अग्लो रथ निर्माण गरिएको छ । रथको अग्र भागको दायाँबायाँ गरी दुबैपट्टी ७५ फिट लामो रथ तान्ने लठा निर्माण गरिएको छ ।

राधाकृष्ण रथ यात्रा अमुल आयोजक समितिका अध्यक्ष बाबुराजा ओझा अध्यक्ष ओझाले विराटनगरस्थित राधाकृष्ण मन्दिरबाट आमागी भदौ १८ गते निकालिने रथयात्राले मूख्य रुट क्षेत्र साविकका मेनरोड हुँदै महेन्द्र चौक, धरानरोड, वरगाछी हुँदै सात किलो मिटिरको रुट यात्रा पूरा गरी पुनः मन्दिर परिसरमा आएर विसार्जन गर्ने रुट तय गरिएको छ ।

रथयात्रा सञ्चालनका लागि मुख्य रुट क्षेत्रमा ४३ स्थानमा विश्रामस्थल तय गरिएको छ ।

त्यसैगरी रथयात्रा पहिलो पल्ट रथयात्रा स्वर्ण महोत्सवको मुख्य आकर्षण घोडाको प्रयोग गरी तानिने बग्गीको ब्यवस्था मिलाइएको छ । त्यसैगरी अघिल्लो वर्ष जस्तै रथले तय गर्ने मार्गमा हेलिकप्टरबाट पुष्प गुच्छा वर्षाइने छ ।

विराटनगरमा प्रत्येक वर्ष श्री कृष्ण जन्माष्टमीको भोलिपल्ट युगल जोडी राधाकृष्ण राखेर निकालिने रथयात्राको अवलोकन गर्न नेपाल भारत लगायतका सयौ भtmजन विराटनगर आउने गर्दछन ।

वि.स. १९८८ मा खटयात्राबाट सुरु रथयात्रा ०२४ सालदेखि रथयात्रामा परिणत गरिएको हो । ८ जनाले थालेको खटयात्रा अहिले रथ यात्रामा परिणत हुँदा प्रत्येक वर्ष ५ लाख बढी भक्तजन सहभागी हुने गरेका छन् ।

रथयात्रामा हुने सम्भावित दुर्घटना रोक्न ७ सय भन्दा बढी प्रहरी परिचालन गरिएको मोरङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) मनोज केसीले जानकारी दिए ।

प्रहरी उपरीक्षक केसीका अनुसार रथ यात्राभर भक्तजनको सुरक्षाका लागि तीन तहमा प्रहरी परिचालन गरिएको छ ।

यो वर्षको रथयात्राको सुरक्षाका लागि पहिलो पल्ट ड्रोन क्यामेराको प्रयोग गरी रथयात्रा भरी सुरक्षाका लागि अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । साथै रथयात्रको रुटमा सीसी क्यामेरा जडान गरिएको प्रहरीले जनाएको छ ।

प्रदेश १ सरकारले रथयात्राको दिन प्रदेश १ मा सार्वजनिक विदासमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?