१८ भदौं, चितवन । त्रिशुली नदीमा अबैध ढुङ्गा गिटी उत्खनन् गर्ने एउटा डोजरसहित तीनवटा ट्याक्टरलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।
भरतपुर महानगरपालिका-२९गाइघाट नजिक त्रिशुली नदीमा रातको १ वजे ढुङ्गा गिटी उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले ना१क ५५९७ नम्बरको जेसिवी कम्पनीको डोजरसँगै ग१त ४१६४, ग१त ४३१८ र ना६त ९०८१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए ।
नियन्त्रणमा लिइएको जेसिवी, ट्याक्टर र चालकलाई प्रहरी चौकी जुगेडीमा राखिएको छ । उत्खनन्मा संलग्नबारे अनुसन्धान भैरहेको र उनीहरुलाई कानुन बमोजिम कारवाही गरिने आचार्यको भनाइ छ ।
चितवनको विभिन्न नदीबाट तीव्र रुपमा नदिजन्य बस्तुको अबैध उत्खनन् भैरहेको छ । तर, त्यसको रेखदेख र अनुगमन जिम्माको अधिकार पाएका स्थानीय तह मौन बस्दा तस्करहरु सक्रिय बनेका छन् ।
प्रतिक्रिया 4