+
+

पकाहामैनपुर गाउँपालिकामा अनियमितता भएको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २२ गते १६:४१

२२ भदौ, वीरगञ्ज । पर्साको पकाहामैनपुर गाउँपलिकामा व्यापक अनियमितता भएको जनप्रतिनिधिहरुले नै दावी गरेका छन् ।

गाउँपालिकको उपाध्यक्ष कुमुमीदेवि, कार्यपालिका सदस्य विनोद सहनी, जाल महम्मद मियाँ लगायत केही जनप्रतिनिधि र राजनीतिक अगुवाहरुले वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरेर गाउँपालिकामा अनियमितता भएको भन्दै छानविन हुनुपर्ने माग गरेका हुन् ।

पत्रकार सम्मेलनमा उपस्थित जनप्रतिनिधिहरुले आर्थिक वर्ष ०७३/७४ र ०७४/७५ मा नेपाल सरकारबाट आएको अनुदान रकम नियम विपरीत कमिशनको भरमा विकासे योजनाहरु चलाएको, गाउँपालिकाको रकममा गाउँपालिका अध्यक्ष विजय चौरसिया र प्रमुख प्रशासकीय अधिकृत हिरा भुसालले व्यापक हिनामिना गरेको दावी गरे ।

उनीहरुले नेपाल सरकारले आर्थिक वर्ष ०७३/७४ मा पठाएको १ करोड ९ लाख रकममध्ये कम्प्युटर र फर्निचर शीर्षक तथा सफ्टवेयर शीर्षकमा मात्रै ४९ लाख खर्च गरेर बाँकी रकम हिनामिना गरेको आरोप उनीहरुले लगाएका छन् ।

आफूहरुले गाउँ प्रमुख चौरसिया र प्रमुख प्रशासकीय अधिकृत भुषालसँग गाउँपालिकाको हिसाब किताब माग गर्दासमेत नदिएर आलटाल गर्दै आएको उनीहरुको भनाइ छ ।

पत्रकार सम्मेलनमा उनीहरुले ०७४/७५ को सशर्त तर्फको आय २३ करोड ९५ लाख रुपैयाँ कहाँ, कसरी खर्च भयो सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन् ।

आर्थिक वर्ष ०७३/७४ मा कार्यालय व्यवस्थापनका लागि एक करोड भन्दा बढी रकम नेपाल सरकारले पठाएकोमा प्रत्येक वडामा १ सेट कम्प्युटर र फर्निचर खरिद गरी बाँकी रकम अनियमितता गरेकोले छानबिन गरिनुपर्ने, आर्थिक वर्ष ०७४/७५ मा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्र्तगत १३ लाख, कृषिमा ५२ लाख, सडक निर्माणमा गोप्य टेन्डर गरी खर्च गरेको ४५ लाख, वाईफाई जडानको नाममा छुट्याइएको ३५ लाख मध्ये २५ लाख निकासा गरी खर्च गरेको बारेमा पनि छानवीन हुनुपर्ने, शहीद शत्रुधन पटेलको नाममा चुनाव जितेपनि हालसम्म शालिक अनावरण नगरेकोले तुरुन्त अनावरण गरिनुपर्ने, आर्थिक वर्ष ०७४/७५ को आयव्यय विवरण सार्वजनिक गरी परिषद गर्नुपर्ने, तथा ०७५/७६ को परिषद खारेज गरी सार्वजनिक रुपमा पारदर्शी परिषद हुनुपर्ने माग उनीहरुले राखेका छन् ।

माग पूरा नभएको खण्डमा कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

के हामीलाई जान्ने अधिकार छैनः उपाध्यक्ष कुसुमी देवी

गाउँपालिकाको उपप्रमुख कुसुमी देवीले अध्यक्ष चौरसिया र प्रमुख प्रशासकीय अधिकृत भुसालले आफूलाई धेरै कुराको जानकारी नै नदिने गरेको बताइन् । उनीहरुकै असहयोगका कारण न्यायिक समितिको काम पनि गर्न नसकेको उनको भनाइ छ ।

‘कुनै कुरा हुन्छ मैले सोधे भने परर्सेन्ट मागेको हो भन्छन् । कुनै कुराको जानकारी नै दिँदैनन । किन जानकारी गराइन्न ? हामीलाई जानकारी हुनुपर्दैन । हाम्रो अधिकार छैन ?’ उपाध्यक्ष कुसुमीले प्रश्न गरिन ।

उनले आफूलाई रबर स्ट्याम्प जस्तै बनाउन खोजिएकोमा आपत्ति जनाइन् । ‘पढेलेखेको छैन सही गर भनेपछि गरिदिन्छु, कुनै कुरा बुझिन भने गर्दिन, पढेलेखेको मान्छे बोलाएर लैजान पनि दिंदैनन् । नियममा छैन ल्याउन मिल्दैन भन्छन्,’ उनले भनिन्, ‘खाली सही गर्न भन्छन्, त्यसैका लागि जनताले भोट दिएर पठाएका हुन् । शहीद भयो मेरो छोरो, मुर्तिसमेत बनाइसकेका छैनन, कहिल्यै उसको नाम लिँदैनन् । माग्यो भने हिसाब दिँदैनन् । खाली सही गराउन घर आइपुग्छन् ।’

आफ्नो गाडी भाडामा, ८ महिनादेखि एम्बुलेन्स अपलत्र

गाउँपालिकाका अध्यक्ष चौरसियाले आफ्नै भारतीय नम्बर प्लेटको गाडी चर्को दरमा भाडामा लगाएको आरोप उनीहरुले लगाएका छन् ।

कमिशन आउने कुरामा चासो दिने गरेको तर अत्यावश्यकीय रहेको एम्बुलेन्स मर्मतमा चासो नदिएको गुनासो उनीहरुले गरेका छन् ।

स्थानीय नेता विनोद मेहतो अध्यक्ष चौरसियाले आफ्नै गाडी गाउँपालिकालाई महंगो भाडामा लगाएको बताए । ‘भारतीय नम्बर प्लेटको गाडी ८५ हजार मासिक भाडामा गाडी प्रयोग गरिरहेको छन् र फेरि त्यो गाडी उनकै हो,’ उनले भने , ‘४० लाख बोरिङका लागि पास भएको एउटा पनि बोरिङ गाडिएको छैन ।’

नेकपाका केन्द्रीय परिषद सदस्य शिवजी सेानीले गाउँपालिकामा एम्बुलेन्स ८ महिनादेखि विगि्रएर थन्किएको बताए । ‘एउटा एम्बुलेन्स विगि्रएर बसेको ८ महिना भईसक्यो एम्बुलेन्स बन्न सकेको छैन । कमिशन आउने काम फटाफट हुन्छ । डोजर, ट्याक्टर, टि्रपर किनिएको छ । तर एम्बुलेन्स कहाँ छ कुन हालतमा छ थाहा छैन,’ उनले भने, ‘गाउँपालिकामा व्यापक अनियमितता भएको छ । यसको छानविन हुनैपर्छ ।’

कार्यपालिका सदस्य विनोद सहनीले खुल्ला दिसामुक्त अभियानको नाममा समेत रकमको हिनामिना भएको आरोप लगाए ।

नेपाली कांग्रेसका क्षेत्रीय सदस्य रामनाथ साहले गाउँपालिकामको हिसाब किताब सार्वजनिक नगरिए आन्दोलन गर्ने चेतावनी दिए । ‘गाउँपालिकाको उपाध्यक्षलाई पनि २४ करोड रुपैयाँ कहाँ गयो भन्ने थाहा छैन । यस्तो किसिमको गतिविधि गाउँपालिकामा हुन्छ भने त्यो सैहृय हुँदैन,’ उनले भने, ‘नेपाली काँग्रेस आन्दोलन गर्छ र कारबाही गर्छौ, भ्रष्टाचार गर्नेहरुलाई छोड्दैनौं ।’

सबै आरोप झुठो होः अध्यक्ष चौरसिया

तर, अध्यक्ष विजय चौरसियाले भने गाउँपालिकाको जर्बजस्त विकास भएको दावी गरेका छन् । उनले आफूले एक रुपैयाँ कमिशन नलिएको बताउँदै केही विरोधीहरुले आफ्नो राजनीतिक वर्चश्व जोगाउन विभिन्न आरोप लगाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?