+
+

निर्मला हत्याबारे गृहमन्त्रीले संसदमा जवाफ दिने, कांग्रेसको अवरोध हट्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २८ गते १२:०४

२८ भदौ, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्याबारे गृहमन्त्रीले भोलि संसदमा जवाफ दिने सरकारको प्रतिबद्धतापछि संसदको अवरोध हटेको छ ।

बिहीबार प्रमुख विपक्षी कांग्रेसले निर्मला पन्तको हत्या, रोल्पामा तरुण दलका नेताको हत्या र पत्रकार पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग्दै संसद अवरुद्ध गरेको थियो ।

दोस्रो बैठकमा कानुनमन्त्री भानुभक्त ढकालले पन्त हत्याको छानविन गर्न समिति बनेको तर, प्रतिवेदन आइनसकेको बताए । उनले सबै घटनाका अभियुक्तलाई उचित समयमा कारबाही गर्न सरकार प्रतिवद्ध रहेको समते बताएका छन् ।

साथै सम्बन्धीत मन्त्रीहरुले भोलि सदनमा जवाफ दिने प्रतिवद्धता जनाएका छन् ।

कानुनमन्त्रीको प्रतिवद्धतापछि संसद सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?