+
+

छेन्दु पुगे उपराष्ट्रपति पुन, आजै उच्चस्तरीय भेटघाट

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ३ गते १६:०७

३ असोज, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ६ दिने औपचारिक भ्रमणका लागि सिचुवान प्रान्तका राजधानी छेन्दु पुगेका छन् । सिए ४३८ नं. को एयर आईनाको विमानबाट स्थानीय समयअनुसार ३ः४० बजे छेन्दु पुगेका हुन् ।

उपराष्ट्रपतिलाई छेन्दु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त जनसरकारका उपसचिव यान वि पिङले स्वागत गरेका छन् । उपराष्ट्रपति छेन्दुमा बिहीबारबाट सुरु हुने ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर चीन गएका हुन् ।

उपराष्ट्रपति पुनले बिहीबार बिहान ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोह र अपरान्ह बेल्ट एण्ड रोड सम्बन्धी व्यवसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

पुगेकै दिन उच्चस्तरीय भेटघाट

उपराष्ट्रपतिसँग बुधबार साँझ नै चीनका उपप्रधानमन्त्री हु छुनहृवाले शिष्टाचार भेट गर्ने ताशिका छ । बुधबार साँझ नै उपराष्ट्रपति चिनियाँ कम्यूनिस्ट पार्टी (सीपीसी) सिचुवान प्रान्त र सिचुवान प्रान्तीय जनसरकारको तर्फबाट आयोजित रात्री भोजमा सहभागी हुनेछन् ।

उपराष्ट्रपतिको भ्रमण टोलीमा उहाँकी धर्मपत्नी हस्तमाली पुन, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य, उपराष्ट्रपतिका विज्ञ जीवन आचार्य, चीनका लागि नेपाली राजदूत लिलामणि पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेश ढकाल, उपराष्ट्रपतिका स्वकीय सहसचिव तुल्सी डाँगी, प्रेस संयोजक मनोज घर्तीमगर, पाश्वबर्ती प्रमुख सेनानी अरुण कुमार केसी छन् ।

यसैगरी परराष्ट्र मन्त्रालयका नायव शिष्टाचार महापाल रामबाबु ढकाल, नेपाली सेनाका सेनानी प्रयोजन श्रेष्ठ, परराष्ट्र मन्त्रालयकी शिष्टाचार अधिकृत ईन्दिरा गोहिबार उपराष्ट्रपतिको भ्रमण टोलीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?