+
+

प्रदेश ७ को राजधानी विवादः धनगढीका मेयरविरुद्ध ११ सांसदको उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ११ गते १७:३६

११ असोज, धनगढी । प्रदेश राजधानीलाई लिएर उत्तेजक अभिव्यक्ति दिएको भन्दै प्रदेशसभा सांसदहरुले धनगढी उपमहानगरका मेयर नृप बडमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । ११ सांसदले जिप्रका कैलालीमा लिखित निवेदन नै दिएका हुन् ।

प्रदेश ७ को अस्थायी राजधानी धनगढी तोकिएको छ । तर, प्रदेश सभाले बनाएको समितिले गोदावरीलाई राजधानी सिफारिस गरेपछि धनगढीका मेयर वड आफैं आन्दोलनमा उत्रिएका छन् ।

उनकै अगुवाइमा बुधबार प्रदेशसभा अगाडि प्रदर्शन भएको थियो । त्यसक्रमा बडले प्रदेशसभामा आगो लगाउने, प्रदेश सांसदको घर जलाउने तथा भौतिक आक्रमण गर्ने धम्की दिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । मेयरकै कारण अपि्रय घटना हुन सक्ने अवस्था आएको भन्दै सांसदहरुले मुलुकी अपराध संहिताअनुसार कारबाही गर्न माग गरेका हुन् ।

मेयर बडले भने बिहीबार विज्ञप्ति निकालेर वन तस्कर र भूमाफियासमेत संलन भएर गोदावरी नगरपालिका ४ तेघरीको जंगलमा प्रदेश राजधानी तोक्न काम भएको भन्दै विरोध गरेका छन् ।

बडले बुधबार आक्रोसमा आएर आफूबाट केही गलत शब्द प्रयोग हुन पुगेको भन्दै माफी समेत मागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?