+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

अत्तरिया उद्योग वाणिज्य संघमा देवकोटा प्यानल विजयी

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १३ गते १०:०१

१३ असोज, कैलाली । अत्तरिया उद्योग वाणिज्य संघमा अशोकराज देवकोटाको प्यानल विजयी भएको छ । शुक्रबार भएको निर्वाचनबाट लोकतान्त्रिक प्यानलका देवकोटाको पूरै प्यानल विजयी भएको हो ।

अध्यक्षमा देवकोटाले ४ सय ५ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी टिकाराम आचार्यले २ सय ३० मत प्राप्त गरे । त्यसैगरी उपाध्यक्षमा कल्याण सिंह बोहराले ३ सय ७९ मत प्राप्त गरी बिजय भएका । उनका प्रतिस्पर्धी नैनसिंह कार्कीले २ सय ४८ मत प्राप्त गरे ।

यस्तै बाणिज्य उपाध्यक्षतर्फ कविराज भट्टले ३ सय ९५ मत ल्याएर विजय भए भने भट्टका प्रतिस्पर्धी जयबहादुर खड्काले २ सय ३२ मत प्राप्त गरे ।

वस्तुगत उपाध्यक्षमा कमल कडायत ३ सय ७२ मत मत प्राप्त गरी विजय भए भने तिर्थराज ओझाले २ सय ५९ मत प्राप्त गरे ।

संघको महासचिवमा यज्ञराज जोशी विजयी बने । उनले ३ सय ७७ मत ल्याउँदा उनका प्रतिस्पर्धी गणेश महराले २ सय ४८ मत प्राप्त गरे ।

यस्तै कोषाध्यक्ष तर्फ ३ सय ६६ मतका साथ सितादेवी सोव विजय भएका छन् । सोही पदका उम्मेदवार लिलाराम सापकोटाले २ सय ७१ मत मात्रै प्राप्त गरे ।

यसैगरी संघको सचिवमा शंकर बहादुर खड्का ३ सय १९ मतका साथ विजय भएका छन् । उनका प्रतिस्पर्धी भक्त बहादुर कुँवरले २ सय ९० मत प्राप्त गरे ।

सदस्य तर्फ देवकोटा प्यानलकै दीपक बोहरा (३ सय ७८ मत), देवराज भट्ट (३ सय ७३ मत), रविन्द्र खनाल (३ सय ५३ मत) र दिलीप कुमार साउद (३ सय २१ मत) प्राप्त गरी विजय बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?