+

वेष्टहृयामसँग हार्‍यो म्यानचेष्टर युनाइटेड

२०७५ असोज  १३ गते १९:२५ २०७५ असोज १३ गते १९:२५
वेष्टहृयामसँग हार्‍यो म्यानचेष्टर युनाइटेड

काठमाडौं । वेष्टहृयामसँग हारेसँगै म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा २९ वर्षकै खराब सुरुवातको रेकर्ड बनाएको छ ।

शनिबार भएको खेलमा वेष्टहृयामले म्यानचेष्टर युनाइटेडमाथि ३-१ गोल अन्तरको जित निकालेको हो । लिगमा सात खेल खेलेको युनाइटेडको यो तेस्रो हार हो । एक खेल बराबरी खेलेको उसले मात्र तीन खेलमा जित हात पारेको छ ।

घरेलु मैदानमा भएको खेलमा वेष्टहृयामले पाँचौं मिनेटमा फिलिप एण्डरसनको गोलबाट अग्रता लिएको थियो । ४३ औं मिनेटमा लिनडेलोफले आत्मघाती गोल गरेपछि पहिलो हाफमा घरेलु टोली २-० ले अगाडि रहृयो ।

खेलको ७४ औं मिनेटमा रास्फोर्डले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने संकेत दिएका थिए ।

तर, तीन मिनेटपछि नै मार्को अर्नाटोभिचले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरे ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय