+

एकदिवसीयमा नम्बर वान अलउन्डर बने रसिद

२०७५ असोज  १४ गते १५:२६ २०७५ असोज १४ गते १५:२६
एकदिवसीयमा नम्बर वान अलउन्डर बने रसिद

१४ असोज, काठमाडौं । अफगानिस्तानका युवा क्रिकेटर रसिद खान एकदिवसीय क्रिकेटमा विश्वकै नम्बर १ अलराउन्डर बनेका छन् । लामो समयदेखि बंगलादेशका सकिब अल हसन ओडीआई अलराउन्डरको सूचीमा नम्बर १ थिए ।

हालै सम्पन्न एसिया कपमा रसिदको बलिङसँगै ब्याटिङ पनि राम्रो भएको थियो, जसले गर्दा उनी अलराउन्डरको सूचीमा अग्रस्थानमा आएका हुन् ।

आफ्नो स्पिन बलिङले तहल्का मच्चाइरहेका रसिद तल्लो मध्यक्रममा ब्याटिङ गर्छन् । आठौं, नवौं नम्बरमा आएर पनि धेरै उपयोगी इनिङ खेलेका छन् उनले ।

बलिङतर्फको र्‍याङ्किङमा पनि रसिद दोस्रो नम्बरमा छन् । उनीभन्दा अगाडि भारतीय बलर जसपि्रत बुमराह मात्रै छन् ।

आईसीसीले जारी गरेको नयाँ ओडीआई र्‍याङ्किङमा भारतीय ओपनर रोहित शर्मा र बलर कुलदिप यादवले छलाङ मारेका छन् । शर्मा ब्याटिङतर्फ दोस्रो र कुलदिप बलिङतर्फ तेस्रो स्थानमा छन् ।

बिराट कोहलीको अनुपस्थितिमा एसिया कपमा शर्माले भारतीय टोलीको नेतृत्व गरेका थिए । उनले पाँच इनिङमा २१०० भन्दा बढिको औसतमा तीन सय १७ रन बनाए ।

ब्याटिङतर्फ पहिलो स्थानमा भारतकै बिराट कोहली छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय