+
+
WC Series
पोखरा एभेन्जर्स 2025
81/4 (11.4)
VS
५० बलमा ८५ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

माकुराले सहर कब्जा गरेपछि…

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १५ गते ११:५४

विद्रोहीहरुले द्वन्द्वग्रत देशहरुमा सहरहरु कब्जा गरेका समाचार सञ्चार माध्यममा आउने गर्दछन् । तर यहाँ त माकुराले सहर कब्जा गरेको समाचार छ ।

हो, युरोपेली देश ग्रीसको एतोलिको सहर माकुराको कब्जामा परेको छ ।

सहरको सबैतिर माकुराले जालो लगाएको छ । रुख विरुवा, झाडी, घर, भवन जताततै माकुराले जालो बुनेको देखिन्छ ।

विशेष प्रजातिको सेतो माकुराले जाल बुनी सहर ढाकेको छ । टेरान्गाथा प्रजातिको उक्त माकुरा सानो आकारको हुन्छ र जमिनमा भन्दा पानीमा छिटो हिँड्दछ ।

यो माकुराको प्रजननदर निकै नै उच्च रहेको बताइन्छ । यद्यपि, यो माकुरा मानिसको लागि हानिकारक भने छैन ।

यो माकुराले आफ्नो सरीरलाई खिचेर लामो बनाउन सक्दछ । त्यसैले यो माकुरालाई स्ट्रेच स्पाइडर पनि भनिन्छ ।

लामखुट्टको संख्या बढ्दै जाँदा यो प्रजातिको माकुराको प्रकोप पनि बढिरहेको विज्ञहरुले बताएका छन् । लामखुट्टे यो माकुराको मनपर्ने खानेकुरा हो । चिसो मौसम लागेसँगै लामखुट्टे कम हुँदै जाने र यो माकुराको संख्या पनि कम हुँदै जाने बताइन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?