+
+

भीरबाट लडेर बनेपामा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २४ गते १४:१९

२४ असोज, बनेपा । पनौती नगरपालिका–१० मा एक युवतीको भीरबाट लडेर मृत्यु भएको छ । घाँस काट्न गएकी सालिमटारकी ३५ वर्षीया तियुकी तामाङको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार हिजो दिउँसो घरबाट घाँस काट्न जङ्गल गएकी तामाङ बेलुका घर फर्केकि थिइनन् ।

घर नआएपछि खोजतलास गर्ने क्रममा बुधबार बिहान घरदेखि डेढ किलोमिटर टाढाको ठूलो भीर भन्ने ठाउँमा लडेर मृत्यु भएको अवस्थामा फेला पारिएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?