+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

पृथ्वीको तुलना कसैसँग नगरौं : कोहली

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २५ गते १८:४७

२५ भदौ, काठमाडौं । वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा शतक हानेपछि भारतीय युवा ब्याट्सम्यान पृथ्वी शोको तुलना सचिन तेन्दुलकर र विरेन्द्र सेहबाग जस्ता खेलाडीसँग भइरहेको छ ।

दोस्रो टेष्टअघि पत्रकारसँग कुराकानि गर्दै कप्तान विराट कोहलीले भने १८ वर्षका पृथ्वीको कसैसँग तुलना नगरी उनलाई अझै राम्रो हुने वातावरण दिनुपर्ने बताएका छन् ।

‘उनलाई कुनै पनि कुराको लागि हतारो छ जस्तो मलाई लाग्दैन । उनलाई अझै राम्रो हुने वातावरण बनाइदिनु पर्छ । उनी आˆनै क्षमतामा अझै राम्रो बन्दै जान सक्छन्’ कोहलीले भनेका छन् ।

वेस्ट इन्डिजसँगको पहिलो टेस्टको पहिलो इनिङमा पृथ्वीले १ सय ५४ बलमा १ सय ३४ रन बनाएका थिए ।

खेलपछि कोहलीले पृथ्वीको तारिफ गर्दै कुराहरु छिटो सिक्ने र अवस्था बुझेर खेल्ने खेलाडी रहेको बताएका थिए । तर, उनले पृथ्वीको कसैसँग तुलना गरेर उनमा दबाव पार्न नहुने बताएका छन् ।

‘उनलाई कसैसँग पनि तुलना गर्नु हुँदैन । उनलाई आरामले खेल्न दिनुपर्छ । दबावमा पार्नु राम्रो होइन’ उनले भनेका छन् ।

वेस्ट इन्डिजसँगको दोस्रो टेस्ट शुक्रबारबाट सुरु हुँदै छ । पहिलो टेस्ट भारतले एक इनिङ र २ सय ७२ रनले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?