+
+
Shares

रद्दी खानेकुरा पाइने अनौठो म्युजियम, कुहेको माछादेखि गन्हाउने टोफूसम्म

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २८ गते ११:२४

म्युजियम भन्ने बित्तिकै ऐतिहासिक तथा पुरातात्विक वस्तुहरुको संग्रह गर्ने ठाउँ भन्ने बुझिन्छ । तर स्विडेनमा एउटा यस्तो म्युजियम खुल्दैछ जुन किन खोलियो होला ? भन्ने लाग्नसक्छ ।

Disgusting Food Museum अर्थात् सबैभन्दा रद्दी खानेकुराको संग्राहलयमा दुनियाँकै सबैभन्दा रद्दी ८० प्रकारका खानेकुरा राखिनेछन् ।

उक्त म्युजियममा कुहेको शार्कको परिकार पाइन्छ, जुन आइसल्याण्डको राष्ट्रिय परिकार पनि हो ।

चीनको दुर्गन्धित टोफूको परिकार देखि पेरुको रोस्टेट सुँगुर अनि फिलिपिन्सको सडकमा डुल्ने हाँसको चल्ला बन्न लागेको उमालेको अण्डासम्मका खानेकुरा त्यहाँ राखिनेछ ।

चर्चित कलाकार स्यामुएल वेस्टले उक्त म्युजियम स्थापना गरेका हुन् । यस्ता अनौठा संग्राहलय स्थापना गर्ने कार्यका लागि वेस्ट चर्चित नाम पनि हो ।

यसअघि उनले असफलता संग्राहलय बनाएका थिए । त्यहाँ उनले दुनियाका विभिन्न कम्पनीले उत्पादन गरेका असफल प्रडक्टहरु राखेका थिए ।

आफुले दर्शकहरुका लागि सधै केही न केही नयाँ चिज देखाउन चाहने भन्दै उनले फरक चिजले मानिसहरुलाई आकर्षित गर्ने बताए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?