+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रचण्डले भने : अलग मधेसको कुरा गर्ने प्रतिक्रियावादी डाँकाहरु हुन्

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ७ गते ३:००

६ कात्तिक, जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘अलग मधेस’ को नारा दिनेहरु मधेसी जनताको मित्र हुन नसक्ने बताएका छन् ।

राष्ट्रिय एकताले मात्र मधेसी जनताले चाहेको जस्तो समृद्धि, विकास, अधिकार र सम्मान स्थापित हुनसक्ने उनले बताए ।

जनकपुरमा आयोजित नेकपाको प्रदेश २ को कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले एउटा तागत नेपालीहरुलाई एकतावद्ध हुन नदिन लागेको बताए ।

काठमाडौंको निर्माणमा मधेसी जनताको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै उनले भने, ‘यदि कसैले काठमाडौंबाट अलग मधेस बनाउँछु भन्छ भने मधेसी जनताको आत्मसम्मानमाथि ठूलो धोका हुन्छ ।’

एकताको बलमा मात्र समृद्धिको यात्रा पूरा गर्न सकिनेे बताए । उनले भने, विखण्डन गरेर मधेसी र पहाडी जनतालाई बर्बाद पार्ने काम साम्राज्यवादी, प्रतिक्रियावादी डाँकाहरुको मात्र हुनसक्छ, मधेसी जनताका मित्रहरुको हुन सक्दैन ।’

प्रधानमन्त्री केपी शर्मा ओली र आफूले फोरम अध्यक्ष उपेन्द्र यादवसँग संविधान संशोधनबारे सहमति गरेको उल्लेख गर्दै उनले ‘उपयुक्त समयमा संविधान संशोधन गरेर मधेसी जनताको हक अधिकारका निम्ति अगाडि बढ्ने’ बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?