+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

सुस्ताको विद्यालयमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १० गते ९:३९

१० कात्तिक, नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका २ महलबारीमा रहेको क्यानल सेन्टर आवासीय माविको कार्यालयमा आगलागी भएको छ ।

यो विद्यालय सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले सञ्चालन गरेका हुन् । आफू गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि उनले भाइ सागर पाण्डेलाई विद्यालय जिम्मा लगाएका थिए ।

विहान साढे ६ बजेतिरमात्र आगलागी भएको थाहा पाएको बताए । उनका अनुसार आगलागीबाट ७-८ लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट कार्यालयमा रहेको फर्निचर, ल्यापटप कम्प्युटर र कागजपत्र जलेका छन् ।

आगलागीको कारण खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?