+
+

उपचाररत प्रधानमन्त्रीलाई सभामुखले भेटे

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १३ गते १०:४७

१३ कात्तिक, काठमाडौं । सभामुख कृष्णबहादुर महराले शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी स्वास्थ्यलाभको कामना गरेका छन् ।

सोमबार साँझ ८ बजे शिक्षण अस्पताल महाराजगञ्ज पुगेर सभामुख महराले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका हुन् ।

भेटपछि सभामुख महराले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उपचारमा रहेका डाक्टरहरुले जानकारी दिएको बताए ।

प्रधानमन्त्री ओली स्वास्थ्यमा समस्या देखिएपछि सोमबार बिहान अस्पताल भर्ना भएर उपचार गराइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?