नायक रणवीर सिंह र नायिका सारा अली खानले एकसाथ चलचित्र ‘सिम्बा’मा काम गरेका छन् । यो चलचित्र डिसेम्बर २८ मा रिलिज हुँदैछ । चलचित्रलाई रोहित सेट्टीले निर्देशन गरेका हुन् भने करण जोहरले निर्माण गरेका हुन् ।
यो चलचित्रमा काम गरेपछि रणवीरले नायिका साराको बारेमा एउटा नयाँ कुरा थाहा पाएका छन् । यो कुरा उनले ‘कफि विथ करण’मा खुलाएका छन् ।
करण जोहरले रणवीरलाई प्रश्न सोधे-‘तपाइलाई बलिउडमा कुन कलाकार लाग्छ, जसले झुटो बोलेको थाहा पाउन सकिदैन ?’ यो प्रश्नको जवाफमा नायक सिंहले नायिका साराको नाम लिए । उनले भने-‘सारा कुनै झुटो कुरालाई यति गम्भिर तरिकाले भन्छिन् कि, सुन्ने मान्छेलाई थाहा हुँदैन उनले झुटो बोल्दैछिन् या सत्य । साराको झुटो बोली पकड्न कसैले सक्दैन ।’
रणवीरको यो कुराले करण जोहर पनि अचम्मित भएका थिए । रणवीरको यो खुलासाले साराको एउटा अनौठो बानी सबैको सामु आएको छ ।
प्रतिक्रिया 4