+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

प्रधानमन्त्रीको हेल्थ अपडेटः आज विहानको रिपोर्ट सन्तोषजनक

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १४ गते १०:१७

१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य रिपोर्ट सन्तोषजनक रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

बुधबार बिहान गरिएका परीक्षणहरुमा रिपोर्ट सन्तोषजनक रहेको र स्वास्थ्यमा थप सुधार भएको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

छातिमा संक्रमण र श्वासप्रश्वासमा समस्या भएपछि ओलीलाई त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । उनलाई कात्तिक १२ गते बिहान साढे चार बजेतिर अस्पताल लगिएको थियो ।

प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. दिव्या सिंह शाह र छाती रोग विशेषज्ञ सन्त कुमार दासलगायतको टोली खटिएको छ ।

हेर्नुहोस् अस्पतालले जारी गरेको प्रेस विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?