+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
67/4 (11.1)
Shares

नेपालले हिजोको भन्दा राम्रो गरेर पुग्दैन, अरुको भन्दा राम्रो गर्नुपर्छः विश्व बैंक

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १५ गते १५:०८

१५ कात्तिक, काठमाडौं । विश्व बैंकले विकासका लागि नीतिगत सुधार अपेक्षा गरिएजस्तो सकारात्मक नरहेको बताएको छ । विश्व बैंकमा नेपाल निर्देशक चिमाओ फ्यानले आफूहरुले सरकारले गरेका नीतिगत परिवर्तन र सुधारलाई ध्यानपूर्वक हेरेर निश्कर्ष निकालिएको बताए ।

काठमाडौंमा बिहीबार भएको एक कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडा पनि सहभागी कार्यक्रममा फ्यानले नेपाल सन् २०३०सम्म मध्यमस्तरको आय भएको मुलुक बन्ने भएकाले सरकार रेमिट्यान्समा भन्दा अन्तै केन्द्रित भएको देखिएको बताए ।

तर, सार्वजनिक स्रोत पर्याप्त नभएकाले निजी क्षत्रेको सक्रिय सहभागिता आवश्यक रहेको उनले बताए । विश्व बैंकले यसकै लागि जोड गरिरहेको बताउँदै निर्देशक फ्यानले विकासलाई गतिमा लैजान आर्थिक र राजनीतिक वातावरण सुध्रिनुपर्छ ।

लगानी आकषिर्त गर्न पूर्वाधार, ठूलो बजार, तथा पारदर्शी र सहयोगी नीति आवश्यक रहेकोमा जोड दिँदै उनले सरकारले त्यसका लागि काम गर्नुपर्ने बताए ।

विश्व बैंकले नेपाल भूराजनीतिक रुपमा अन्य देशभन्दा असहज अवस्थामा रहेको भन्दै यसैकारण नेपालले हिजो भन्दा राम्रो मात्रै हैन, अरुको भन्दा राम्रो ढंगले काम गर्नुपर्ने बताएको छ ।

‘सरकारले केही गर्न खोजेको छ । तर, पहिले नै धेरै काम गर्न बाँकी थिए, त्यसैले अहिले भएका काम पर्याप्त छैनन्,’ निर्देशक फ्यानले भने,’ अब नेपालले विकासमा लागि सबै विकल्पहरु प्रयोग गरेर अघि बढ्नुपर्छ ।’

कार्यक्रममा अर्थमन्त्री खतिवडाले अन्तर्राष्ट्रिय ब्यापार युद्धले नेपालजस्ता मुलुकलाई परेको असरबारे विश्व बैंक नबोलेको गुनासो गरे । उनले निजी क्षत्रेको लगानीलाई परिचालन गरेर सरकार अघि बढ्ने पक्षमा रहेको भन्दै त्यसका लागि बाह्य लगानी आकषिर्त गर्ने गरी कानुन र नीतिहरु परिमार्जन गर्ने क्रममा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?