+
+

कतार भ्रमण पुरा गरी राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १५ गते २१:४८

१५ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको भ्रमण पुरा गरी बिहीबार स्वदेश फर्किएकी छन् ।

उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल लगायतले स्वागत गरेका छन् ।

भ्रमणका क्रममा राष्ट्रपति र कतारका अमिरबीच भएको भेटमा द्वीपक्षीय हितबारे कुराकानी भएको भ्रमणमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । नेपाली टोलीले कतारसामू कृषि, पशुपालन, पूर्वाधार निर्माणमा लगानी गर्न आग्रह गरेको छ ।

खासगरी विमानस्थल निर्माणमा लगानी गर्न आग्रह गरेको मन्त्री ज्ञवालीले बताए । आफ्नो कतारका श्रममन्त्रीसँग छुट्टै भेटवार्ता भएको भन्दै उनले नेपाली कामदारको हकहित प्रवर्धनमा कुराकानी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?