Comments Add Comment

भक्तपुरमा आगलागीबाट तीन जना घाइते

१८ कात्तिक, भक्तपुर । मध्यपुर थिमी नगरपालिका–७ धुञ्चेपाखामा आइतबार बिहान शुकदेव बडालको घरमा आगोलागी हुँदा तीनजना घाइते भएका छन् ।

घाइते हुनेमा शुकदेवको श्रीमती ५० वर्षीया हरिमाया, उनको भाइ ४५ वर्षीय पदमनाथ र ३१ वर्षीया छोरी रुपा रहेका छन् ।

घाइतेको काठमाडौंको सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए । बिहान ग्यास बाल्ने क्रममा आगलागी भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment